खेलकुद

वाफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र लेवनान भिड्ने

By खबरहब

February 27, 2024

काठमाडौँ– पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् ।

साउदी अरेबियामा जारी च्याम्पियनसिपमा आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दैछ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जोर्डन समुह ‘ए’ मा तिनै खेलमा विजयी भएर समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समुह ‘बी’ मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।