खेलकुद

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि वेष्टह्याम युनाइटेडको जित

By खबरहब

February 27, 2024

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई ४–२ गोलले हराउँदै वेष्टह्यामले जित निकालेको हो ।

वेष्टह्यामका लागि जारोड बोवेनले ह्याट्रिक गरेका थिए भने इमर्सन पाल्मीरीले एक गोल गरेका थिए । यस्तै ब्रेन्टफोर्डका नील माउपे र योने विसाले एक–एक गोल गरेका थिए ।

जारोडले खेलको पाँचौँ, सातौँ र ६३औँ मिनेटमा गोल गरेका थिए । यस्तै, पाल्मीरीले ६९औँ मिनेटमा एक गोल थपेका थिए । ब्रेन्टफोर्डका माउपेले १३औँ तथा विसाले ८२औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै २६ खेलबाट ३९ अंक जोडेको वेष्टश्ह्याम तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको ब्रेन्टफोर्ड २५ अंकसहित १६औँ स्थानमा छ । शीर्षस्थानमा रहेको लिभरपुलको ६० अंक छ ।