समाचार

भक्तराजलाई श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्री प्रचण्ड 

By खबरहब

February 27, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिएका छन्।

आचार्यको प्रार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।

उनलाई  श्रद्धाञ्जिली दिन प्रधानमन्त्री प्रचण्ड, केपि शर्मा ओलि,  गृहमन्त्री नारायण काजी श्रेष्ठलगायत संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेका हुन् ।

यस्तै समाजसेवी अनुराधा कोइराला, वरिष्ठ कलाकार नीर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, कांग्रेस नेता विश्वप्रकाश शर्मा हास्यकलार जितु नेपाललगयात उपस्थित थिए ।

आचार्यको अन्त्येष्टि आजै पशुपतिस्थित आर्यघाटमा गरिने परिवारले जानकारी दिएको छ ।