समाचार

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

By खबरहब

February 27, 2024

काठमाडौँ– प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन्।

 तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) न्यौपाने पक्राउ परेका हुन्।

 ऋण प्रवाहमा भएको कमजोरीको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकको पत्राचारका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले न्यौपानेलाई पक्राउ गरेको हो। 

राष्ट्र बैंकले उनीसहित १२ जनालाई बैंकिङ कसुर अन्तरगत कारवाही गर्न प्रहरीलाई पत्राचार गरेको हो। नाताले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको भाञ्जा रहेका न्यौपाने हाल प्रभु बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

त्यसैगरी सेन्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको स्रोतले जनाएको छ ।