समाचार

पूर्वप्रमुख खनाल र चिनियाँ राजदूत छनबीच भेट

By खबरहब

February 27, 2024

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा  विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।

आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा उनीहरुबीच शिष्टाचार भेटघाट भएको हो । 

भेटका अवसरमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिएका छन् ।