मनोरञ्जन

भक्तराज आचार्यको आजै अन्त्येष्टि गरिने

By खबरहब

February 27, 2024

काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 

पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। उनको पार्थिव शरीरलाई ग्यानेश्वर–रातोपुल– हुँदै पशुपतिस्थित आर्यघाटमा लगिने बताईको छ ।  

आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिज्ञ, गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ ।

भजन शिरोमणिका रुपमा सुप्रसिद्ध आचार्यको शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि हिजो मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।