समाचार

मिटरब्याज पीडितद्वारा आफ्ना ६ बुँदे मागबारे सरकारलाई जानकारी

By खबरहब

February 27, 2024

काठमाडौं– न्याय मार्च गर्दै काठमाडौं आएका मिटरब्याज पीडितहरूले आफ्ना ६ बुँदे मागबारे सरकारलाई जानकारी गराएका छन् । 

मंगलबार गृहमन्त्रालयमा भएको वार्ताका क्रममा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आफ्ना मागका बारेमा सरकारी वार्ता टोलीलाई जानकारी गराएको हो ।

आफूहरूको मागका बारेमा जानकारी गराएपनि सरकार सकारात्मक नदेखिएको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए । 

उनले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका माग गरेको बताए । उनले अव सरकारसँग वार्ताका साथै आन्दोलन पनि निरन्तर चल्ने जानकारी दिए ।

गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको थियो ।