सांकेतिक तस्बिर

अन्तर्राष्ट्रिय

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु

By खबरहब

February 27, 2024

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आज अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा  १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

 उक्त घटना सो प्रान्तको पेशावर शहरको ऐजाजाबाद क्षेत्रमा भएको हो । मोटरसाइकलमा सवार अज्ञात आक्रमणकारीहरूले नियमित गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली हानेका थिए।

आक्रमणमा गम्भीर घाइते भएका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीले आसपासका क्षेत्रमा खोजी अभियान शुरु गरेको छ ।

आक्रमणको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।