समाचार

कांग्रेस नेता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

By खबरहब

February 27, 2024

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिंहलाई दोषी ठहर गरेको हो । मंगलबार जारी गरिएको फैसलामा​ कैद र जरिवानाको सजाय भने खुल्न बाँकी छ ।

सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसअघि विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि उनी पुनरावेदनका लागि सर्वोच्च पुगेको थिए । पुनरावेदनमा दाबी नपुग्ने भन्दै सवोच्चले उनलाई दोषी ठहर गरेको हो ।

यस्तै मन्समरा सिँचाई आयोजना उपभोक्ता समितिको अध्यक्ष हुँदा भ्रष्टाचार गरेको कसूरमा पनि उनी दोषी ठहर भएका थिए ।