प्रवास

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपाल सम्बन्धी प्रदर्शनी हुँदै

By खबरहब

March 27, 2024

न्यूयोर्क– अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि प्रदर्शनी हुने भएको छ ।

प्रदर्शनीमा नेपाली कलाकृति, पर्यटकीय गन्तव्य र नेपालको पहिचान झल्काउने तस्वीर तथा वस्तुहरू समावेश गरिने जनाइएको छ ।

राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र न्यूयोर्कका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच भएको सहमतिअनुसार प्रदर्शन हुन लागेको हो ।

न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा भएको द्विपक्षीय बैठकले संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको प्रदर्शनी अर्थपूर्ण र परिणाममुखी हुने निष्कर्ष समेत निकालेको छ ।

राजदूत थापाको पहलमा प्रदर्शनको तयारी भएको हो । थापाले नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटन प्रवर्द्धक श्रेष्ठसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।