खेलकुद

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

By खबरहब

March 27, 2024

धरान– इटहरीमा जारी इटहरी गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति इटहरी रंगशालामा सकिएको खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।

चर्च ब्वाइजका अबायोमी फकुन्ले र सुरज ठकुरीले एक–एक गोल गरेका थिए भने एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएका थिए ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबारको खेलमा चर्च ब्वाइजका सुरज ठकुरी म्यान अफ द म्याच घोषित भए ।

उनले नगद १० हजार रुपैयाँ  र ट्रफी प्राप्त गरेका छन् । आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।