ब्रेकिङ स्टोरी

राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री उपस्थित हुने

By खबरहब

March 27, 2024

काठमाडौँ– संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । दुवै समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना लगायत विविध विषयमा छलफल हुने बताइएको छ ।