राजनीति

हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने

By खबरहब

March 27, 2024

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार लिम्बूलाई  जिताउन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन । ईलाम– २ संस्कृतिवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई जिताऔँ । ’

यसअघि उनले इलामका स्वतन्त्र उम्मेदवार मिलन लिम्बूलाई सघाउने लिम्बू निकट व्यक्तिहरूले बताएका थिए । तर लिम्बूलाई रास्वपाले टिकट दिने हल्ला आएपछि साम्पाङको मुड परिवर्तन भएको हो ।

उनले दुई हप्ता अगाडि इलामका स्वतन्त्र उम्मेदवारलाई आफूले समर्थन गर्ने बताएका थिए । त्यसपछि मिलनले भेटेर आफूलाई सघाउन भनेका थिए । तर साम्पाङले भने पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार संस्कृतिवादी डकेन्द्रलाई जिताउन अपिल गरिरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू

डकेन्द्र प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता तथा जनताको उनलाई साथ छ ।  

प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति पहिचानवादीको साझा उम्मेदवारका रूपमा डकेन्द्र सिंलाई अगाडि सारेको पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता गोपाल किराँतीले बताए ।