अन्तर्राष्ट्रिय

केजरीवाललाई दिल्ली उच्च अदालतले दिएन राहत

By खबरहब

March 27, 2024

काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ।

बुधबार उच्च अदालतले प्रवर्तन निर्देशनालयलाई अप्रिल २ सम्मको समय दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

अब यस मुद्दाको अर्को सुनवाई अप्रिल ३ मा हुनेछ । अदालतले अप्रिल ३ को लागि केजरीवालको मुख्य याचिका पनि सूचीबद्ध गरेको बताइएको छ ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको कथित मदिरा घोटाला प्रकरणमा मार्च २१ को राती उनको नयाँ दिल्लीस्थित निवासबाट हिरासतमा लिइएको थियो । भोलिपल्ट उनलाई अदालतमा पेश गरियो र अदालतले उनलाई मार्च २८ सम्म ईडी हिरासतमा पठाएको थियो ।

उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ ।