तस्बिर : बिबिसी

अन्तर्राष्ट्रिय

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

By खबरहब

April 27, 2024

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको एमआरएनए भ्याक्सिनको परीक्षण सुरु भएको छ ।

बेलायतका ५२ वर्षीय स्टिभ यङ माथि पहिलो परीक्षण गरिएको छ । गत अगस्टम उनको शरीरबाट क्यान्सर भएको भाग काटेर हटाइएको थियो ।

यो भ्याक्सिनको मुख्य काम इम्युन सिस्टम बढाउने तथा बाँकी रहेको क्यान्सर सेल हटाउने र फेरि कहिल्यै फर्कन नदिने हो ।

यो खोप अहिलेका कोभिड भ्याक्सिनकै प्रविधिबाट तया गरेर मानिसलाई दिइन्छ । यसको तेस्रो चरणको परिक्षण भइरहेको छ ।

मोर्डना र मेर्क सार्प एन्ड डोमेले बनाएको सो भ्याक्सिन क्लीनीकल परिक्षण भन्दा बाहिर उपलब्ध छैन । तर अन्य देशले पनि यसको उपयोग गर्न चाहिरहेका छन् । अस्ट्रलियाले पनि यसको परिक्षण गर्ने रुची देखाइसकेको छ।