देश/प्रदेश

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

By खबरहब

April 27, 2024

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले इलाम नयाँ युगमा अग्रसर भएको प्रतिक्रिया दिए । उनले आफू पहिलो पटक उम्मेदवार भएको र आफू उत्साहित रहेको पनि बताए ।

उनले मतदान गर्दै गर्दा बुबा सुवा नेम्वाङलाई सम्झेर भावुक भएको उल्लेख गर्दै आफूले जित्नेमा आशावादी रहेको बताए ।