देश/प्रदेश

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

By खबरहब

April 27, 2024

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका डम्बर खड्काले मतदान गरेका छन् ।

खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट मतदान गरेका हुन् । यसै मतदान केन्द्रबाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पनि मतदान गरेका थिए ।

इलाम–२ मा एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् ।

एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि रिक्त पदमा आज मतदान भइरहेको हो ।

कांग्रेसका उम्मेदवार खड्का २०७९ सालमा भएको आम निर्वाचनमा नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

सो निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले खड्कालाई समर्थन गरेका थिए ।

यो पनि…

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ