खेलकुद

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

By खबरहब

April 27, 2024

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित भएको छ ।

गएराती भएको खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १–० गोलले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा आर्डा गुलेरले एक गोल गरेका थिए । उनले खेलको २९औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल मड्रिड ३३ खेलबाट ८४ अंकसहित शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७० अंकका साथ दोस्रो स्थानमा छ ।

पराजित भएको रियल सोसिडाड ५१ अंक जोडेर लिगको छैटौँ स्थानमा छ ।