समाचार

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

By खबरहब

April 27, 2024

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा विवाद भएको छ । दलीय र स्वतन्त्र उम्मेदवारका मतदान बुथ प्रतिनिधिबीच मतदानलाई लिएर विवाद भएको हो ।

दलका कार्यकर्ताले चिट दिएर मतदातालाई मतदान केन्द्रभित्र लगेको भन्दै स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई नै गुनासो गरेपछि मतदातालाई चिट दिन रोकिएको थियो ।

तर, ‘माथिको आदेश’ भन्दै बुथ सुरक्षामा खटिएका प्रहरीकै अघि मतदातालाई फेरि चिट दिएर भोट हाल्न लगाएपछि सामान्य विवाद भएको हो । स्वतन्त्रकी बुथ प्रतिनिधि सरस्वता सिङ्गकले प्रहरीले आफूहरूलाई मुढामा समेत बस्न नदिएको बताइन्‌ ।

आफूहरूलाई बस्ने ठाउँ समेत नदिएर दलीय उम्मेदवारका प्रतिनिधिले मतदानमा धाँधली गर्न खोजेको भन्दै स्वतन्त्रका प्रतिनिधिहरू आक्रोशित छन्‌ ।