देश/प्रदेश

बझाङमा १५ प्रतिशत मतदान

By खबरहब

April 27, 2024

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार मध्याह्न १२ बजेसम्म १५ प्रतिशत मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय बझाङका सूचना अधिकारी गोरक केसीका अनुसार भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको छ ।

उनले भने ‘शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । भौगोलिक विकटता भए पनि मतदाता उत्साहित छन् ।’

बझाङ प्रदेश सभा १ मा ६१ हजार ७ सय ८४ मतदाता छन् । जसमा ३१ हजार ५ सय ४९ पुरुष र ३१ हजार १ सय ९९ महिला मतदाता छन् ।

बझाङ (१) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।