क्रिकेट

वेस्टइन्डिज ए ले बनायो २०० रन 

By खबरहब

April 27, 2024

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको पहिलो खेल किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी छ । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ‘ए’ ले दुई सय रन पार गरेको छ । 

चार विकेटको क्षतिमा १९ ओभरमा वेस्टइन्डिज ‘ए’ सो रन बनाएको हो ।

राम्रो लयमा ब्याटिङ गरिरहेको वेस्टइन्डिज ‘ए’ का कप्तान रोस्टन चेसले अर्धशतक पार गरेको छन् । उनले ४५ बलमा ७४ रन जोडेका छन् ।