खेलकुद

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक

By खबरहब

April 27, 2024

काठमाडौं – वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्‌ ।

टी-२० फर्म्याटको सिरिजको पहिलो खेलमा रोहितले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन जोड्दै अर्धशतक बनाएका हुन्‌ ।

यो समाचार तयार पार्दासम्म रोहित ६० रनमा नटआउट छन्‌ । उनलाई भेट्रान अलराउण्डर दीपेन्द्रसिंह ऐरीले क्रिजमा साथ दिइरहेका छन्‌ ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको वेस्टइण्डिज ‘ए’ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । नेपालले हालसम्म २१.१ ओभरमा ३ विकेट गुमाउँदै ११२ रन जोडेको छ ।