आर्थिक

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता सडकमा (तस्बिरहरू)

By खबरहब

April 27, 2024

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ता (सेयर कारोबारी)हरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सरकारले ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई गरेको भन्दै पूँजीबजार संघर्ष समितिले प्रदर्शन गरेको हो ।

उनीहरूले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागू गर्नुपर्ने, पूँजीबजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने माग राखेका छन् ।

प्रदर्शनका क्रममा लगानीकर्ता तिलक कोइरालाले सरकारको गलत नीतिका कारण लगानीकर्ताहरू डुबेको भन्दै सही नीति लिन माग गरेको बताए ।

 

फोटो लाइब्ररी