समाचार

इलाममा ५८ प्रतिशत मतदान

By खबरहब

April 27, 2024

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५८* प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले करिब ५८ प्रतिशत मत खसेको जानकारी दिए ।

आज उपनिर्वाचन अन्तर्गत मतदान भएको इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको थियो ।

सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । 

(*५८ प्रतिशत मत खसेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)