समाचार

आम जनता र समाजवादी जनएकताबीच एकीकरण

By खबरहब

April 27, 2024

काठमाडौं– आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको छ ।

 शनिबार एक कार्यक्रमका बीच दुई पार्टीमा एकता भएको हो ।

एकतापछि पार्टीको नाम आम जनता पार्टी र प्रभु साहले नै नेतृत्व गर्ने बताइएको छ । आजपाका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकताको आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।