फाइल फाेटो

समाचार

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

By खबरहब

April 27, 2024

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट आउने बताएका छन् ।

नेकपा एमाले बैतडी काठमाडौं सम्पर्क मञ्चको सम्मेलन उद्घाटन गर्दै मन्त्री भण्डारीले यसअघि सरकारको नीति र कार्यक्रम भन्दा फरक बजेट आउने गरेको सन्दर्भ उल्लेख गर्दै आगामी वर्षको बजेट सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारमा आउने दावी गरे ।

सरकारमा रहेर निर्वाह गर्नुपर्ने भूमिकालाई सबैले मनन गरेको र जनताको निराशालाई चिर्दै अघि बढ्न सरकार क्रियाशील रहेको उनले बताए ।

उनले लगानी सम्मेलनमार्फत बाह्य र राष्ट्रिय पूँजीलाई उत्पादन, व्यवसायसँग जोड्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो । अहिलेको मुद्दा तथा सन्दर्भलाई सम्बोधन गर्ने कुरामा आफू प्रतिवद्ध रहेको उनको भनाइ छ । 

एमाले नेता समेत रहेका भण्डारीले एमालेको नीति, नेतृत्व र बिचारबाट मात्रै राष्ट्रले सही मार्ग समात्ने जिकिर गरे ।