फाइल तस्बिर

समाचार

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

By खबरहब

April 27, 2024

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी ६ स्थित आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । 

प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौँ पुगेका मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलागी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरू अवस्थाबारे जानकारी लिएका छन् । 

पीडित परिवारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको यकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्दै उनले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तात्कालीन राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताए । 

बैशाख १२ गते मटिहानी नपा वडा नं. ६ मा भएको भीषण आगलागी बाट एक सय ३ घर जलेको थियो ।