देश/प्रदेश

तस्बिरमा उपनिर्वाचन

By खबरहब

April 27, 2024

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा १ मा बुधबार उपनिर्वाचन अन्तर्गत मतदान भयो । मतदातामा अघिल्लो निर्वाचनमा जस्तो उत्साह नदेखिए पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।

खबरहबले इलामको चुलाचुली-४, आइतबारेस्थित बालज्योति माविमा पुगेर केही तस्बिरहरू खिचेको छ । झापासँग जोडिएको सो केन्द्रमा मतदाताहरू शान्तिपूर्ण ढंगले मतदान गर्दै थिए ।

बढ्दो गर्मीबीच पनि मतदान केन्द्रमा पहिलोपटक मतदान गर्ने युवा पुस्तादेखि  पटकपटक मतदान गरेका वृद्धवृद्धासम्म उपस्थित थिए ।

बिहान ८ बजेदेखि नै मतदाताहरू मतदान केन्द्रमा पुगेका थिए । अन्य उमेरसमूहका भन्दा जेष्ठ नागरिकहरू सबेरै मतदान गर्न आइपुगेका देखिन्थ्यो । १२ बजेपछि भने केन्द्रमा मतदाताको चाप घट्दै गएको थियो ।

तस्बिरहरू :