सांकेतिक तस्बिर

देश/प्रदेश

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

By खबरहब

April 27, 2024

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका छन् ।

गाँजा सहित पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो रिक्सा चालक वर्ष ४२ को अनन्त बराइली र निजको श्रीमती वर्ष ३५ की मन्जु बराइली रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

कटहरिया २ स्थित अस्थायी प्रहरी पोष्ट छेदिचौकबाट खटिएको गस्ती टोलीले बिशेष सूचनाको आधारमा वडा २ छेदिचौकमा प्र२–०३–००१ ह ३१५ नम्बरको अटोलाई चेकजाँच गर्दा सिटमुनि लुकाई ल्याएको १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो।

पक्राउ परेका दम्पत्तिलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको तथा थप अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।