समाचार

मधेस प्रदेश : सरकारलाई दीर्घकालीन असर पर्ने खालको निर्णय नलिन ध्यानाकर्षण

By खबरहब

May 27, 2024

जनकपुरधाम– मधेश प्रदेशमा प्रतिनिधित्व गरिरहेका प्रमुख चार दलले प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएका छन ।

 समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा रहेको भन्दै नेकपा एमाले , जनमत, नेकपा माओवादी केन्द्र र लोसपाले संयुक्त रूपमा मुख्यमन्त्री सरोज कुमार यादवलाई दीर्घकालिक असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएको हो ।

 

स्थानीय तहहरुलाई उपलब्ध गराइने सशर्त अनुदान र विभिन्न  मन्त्रालयमा हुने रकमान्तर नियम विपरीत नगर्न मुख्यमन्त्रीलाई दिइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

मुख्यमन्त्री यादवलाई भेटी बुझाइएको ध्यानाकर्षण पत्रमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव, जनमतका महेश प्रसाद यादव, माओवादी केन्द्रका भरत प्रसाद साह र लोसपाका उपनेता उपेन्द्र महतोको हस्ताक्षर रहेको छ ।