मनोरञ्जन

‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडियो सार्वजनिक

By खबरहब

May 27, 2024

काठमाडौं– ‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । यस गीतमा गायक किरण भुजेल र ममता गुरुङले स्वर दिएका छन् । 

भिडियोमा सफल प्रेमको कथा देखाइएको छ । म्युजिक भिडियोमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय देख्न सकिन्छ । 

गीतमा नवीन श्रेष्ठको शब्द सिर्जना र संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको । राहुल प्रधानले एरेन्ज गरेका छन् । 

किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त भिडिओको निर्देशन तथा कोरियो केशवराज भट्टले गरेका हुन् ।

हेर्नुहोस् भिडियो :