सोमबार साँझ बालुवाटार छलफलपछि प्रधानमन्त्रीसहित शीर्ष दलका नेता ।

ब्रेकिङ स्टोरी

बालुवाटार बैठक : टिओआरबारे दलहरू सहमति नजिक, भोलि अन्तिम रूप दिने

By खबरहब

May 27, 2024

काठमाडौं । सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेका छन्

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबीच भएको छलफल सहमति नजिक पुगेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले भने, ‘आजको बैठकमा समितिको टिओआरबारे गम्भीर छलफल भयो । हाम्रो छलफल निष्कर्षउन्मुख छ, भोलि कार्यदलले अन्तिम रुप दिन्छ ।’

कार्यदलका संयोजक कानुन मन्त्री पदम गिरीले समितिको कार्यादेशमा लगभग सहमति भएको बताए । मङ्गलबार बस्ने कार्यदलको बैठकले कार्यादेशलाई अन्तिम रुप दिने उनको भनाई छ । भोलिको संसद बैठक कांग्रेसले अवरोध नगर्ने गिरीले जानकारी दिए ।

उनले भने, ‘ आजको छलफल उत्साहजनक भयो । सहमतिको करिब–करिब नजिक छौँ । सहमति नै भयो भन्न सकिन्छ । भोलि बिहान ११ बजे हामी कार्यदलको बैठक बस्छौँ । त्यसले अन्तिम रुप दिन्छ । भोलिबाट संसद बैठक सुचारु हुने, जुन डेडलक छ यसको अन्त्य पनि हुन्छ । छानबिन समिति पनि बन्छ, त्यसको कार्यादेश भोलि बिहान ११ बजे पछि जारी हुन्छ ।’