बोल्ड भएका अफगानिस्तानका इब्राहिम जाद्रान । तस्बिरः क्रिकइन्फो

क्रिकेट

विश्वकपको सेमिफाइनलमा अफगानिस्तानले सातौ ओभरमै गुमायो ६ विकेट

By खबरहब

June 27, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले ब्याटिङ गर्दैछ। टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले सातौ ओभरमा ६ विकेट गुमाएको छ।

दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेनले तीन विकेट हात पारेका छन्। कासिगो रबडाले दुई विकेट लिँदा एनरिच नोर्चियाले एक विकेट हात पारे।

अफगानिस्तानले खेलको सुरुवातमै प्रभावशाली ब्याट्सम्यान गुमाएको छ। रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको अफगानिस्तानले इब्राहिम जाद्रानलाई दुई रन बनाउँदा गुमाएको हो। गुलबदिन नायबले ९ रन, अजमातुल्लाह उमरजाईले १० रन बनाए भने नङ्गेलिया खरोटेले दुई रन मात्र जोड्न सके।

अफगानिस्तान अहिले ६ विकेट गुमाएर २९ रनमा सीमित छ।