खेलकुद

युरोकप : जर्जियासँग पोर्चुगल स्तब्ध

By खबरहब

June 27, 2024

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा जर्जियासँग पोर्चुगल स्तब्ध बनेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले स्तब्ध बनाउँदै जर्जिया नकआउट चरणमा पुगेको छ ।

जर्जियाका लागि खभिच भारतखेलिया र जर्जस मिकाउटाजेले एक–एक गोल गरेका थिए ।

जर्जियाका खभिचले खेल सुरु भएको दोस्रो मिनेटमै टोलीका लागि सुरुवाती गोल गरेका थिए । यस्तै, मिकाउटाजेले ५७औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै जर्जियालाई २–० गोलको जित दिलाएका थिए ।

यो जितसँगै जर्जिया तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुत पोर्चुगल समूहको शीर्षस्थानमा छ ।