खेलकुद

रोमानिया युरोकपको अन्तिम १६ मा

By खबरहब

June 27, 2024

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा रोमानिया अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराति भएको समूह ‘ई’ को खेलमा स्लोभाकियासँग १–१ गोलको बराबरी खेल्दै रोमानिया अन्तिम १६ मा पुगेको हो ।

रोमानियाका रजवान मारिन र स्लोभाकियाका ओन्द्रेज डुडाले एक–एक गोल गरेका थिए ।

खेलको २४औँ मिनेटमा स्लोभाकियाका डुडाले सुरुवाती गोल गरेका थिए । तर ३७औँ मिनेटमा मारिनले गोल गर्दै रोमानियालाई १–१ गोलको बराबरी ल्याए ।

त्यसपछि थप गोल नभएपछि दुवै टोली १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भए । तीन खेलबाट चार अंक जोडेको रोमानिया शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । चार अंक नै भएको स्लोभाकिया गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

यस्तै, बेल्जियम र युक्रेन पनि समान ४ अंकसहित क्रमशः दोस्रो र चौथो स्थानमा छन् ।