समाचार

एसईईको नजिता प्रकाशित हुँदै, यसरी सकिन्छ हेर्न

By खबरहब

June 27, 2024

काठमाडौं– माध्यामिक शिक्षा परीक्षा (एसईई)- २०८० को नतिजा आज प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बोर्डको बैठक पछि नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केही प्राविधिक काम बाँकी रहेपछि आज नतिजा प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जानकारी दिए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने भएको छ ।

गत चैतमा भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

नतिजा हेर्ने तरिका