सांकेतिक तस्बिर

समाचार

भाउजूको हत्या गरेको अभियोगमा देवर पक्राउ

By खबरहब

June 27, 2024

महोत्तरी– कोदालो प्रहार गरेर आफ्नै भाउजूको हत्या गरेको अभियोगमा देवर पक्राउ परेका छन् ।

 ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

घरायसी विवादको क्रममा रामजतनले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बतायो ।

अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।