अन्तर्राष्ट्रिय

मध्यपूर्वका देशमा पनि योग लोकप्रिय बन्दै

By खबरहब

June 27, 2024

काठमाडौं – भारतीय शैलीको योगाभ्यास मध्यपूर्वी मुलुकहरुमा पनि लोकप्रिय बन्दै गइरहेको पाइएको छ । टाइम्स कुवेतका अनुसार पछिल्लो समय योगाभ्यास मध्यपूर्वका साउदी अरब, यूएई, इजिप्ट, इरानजस्ता मुलुकमा पनि लोकप्रिय बन्दै गएको हो ।

केही वर्षअघिसम्म मध्यपूर्वका धेरै मुलुकमा योगाभ्यमास प्रतिबन्धत रहेपनि पछिल्लो समय समाजका सबै तप्काका मानिसहरुमाझ यो लोकप्रिय रहेको बताइएको छ ।

वसुधैव कुटुम्बकमको आदर्श वाक्यलाई आत्मसात गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश नीति सञ्चालन गरेसँगै मुसलमानबहुल मुलुकमा योगाभ्यास सिकाउने योगीहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

सबै किसिमका योगाभ्यासको प्रशिक्षण दिइएपनि खासगरी हाथयोग, अङ्गीरयोग, शक्तियोग, अष्टाङ्गयोगजस्ता योग यी मुलुकहरुमा लोकप्रिय बन्दै गएको टाइम्स कुवतले उल्लेख गरेको छ ।