क्रिकेट

इङ्ल्यान्डविरुद्ध पनि चलेन कोहलीको ब्याटिङ

By खबरहब

June 27, 2024

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले पहिले ब्याटिङ गरिरहेको भारतले पहिलो विकेट गुमाएको छ ।

भारतका ओपनर विराट कोहली ९ बलमा ९ रन नै बनाएर आउट भए । उनले एक छक्का प्रहार गरे । उनलाई इङ्ल्यान्डका रीस टोपले तेस्रो ओभरको चौथो बलमा बोल्ड गरेका हुन् ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।

सन् २०१४ यता भारत पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपसँगै भारतका कयौँ स्टार खेलाडीहरू बिदा हुँदैछन् । यस पटक भारत उपाधिको लामो खडेरी तोड्न फाइनल यात्रा तय गर्ने दाउमा छ

भारतका लागि गर या मरको अवस्थामा रहेको यो खेलले सन् २०२२ को सेमिफाइनल याद दिलाउँछ । त्यसबेला भारतलाई इङ्ल्यान्डले हराएको थियो ।