खेलकुद

वर्षा रोकिएपछि भारत र इङ्ल्यान्डबीचको खेल पुनः सुरु

By खबरहब

June 27, 2024

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत वर्षाका कारण रोकिएको भारत र इङ्ल्यान्डबीचको खेल पुनः सुरु भएको छ ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले ८ ओभरमा दुई विकेटको क्षतिमा ६५ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको थियो ।

भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको छ ।

भारतका कप्तान रोहित शर्मा ३७ बल बनाएर क्रिजमा छन् । उनलाई सुर्यकुमार यादवले १३ रन बनाएर साथ दिइरहेका छन् ।

यसअघि नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण निर्धारित समय भन्दा करीब एक घण्टा ढिलो गरि सुरु भएको थियो ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।