तस्बिर : गेट्टी इमेज

खेलकुद

पेरिस ओलम्पिकको भव्य उद्घाटन, आज नेपालका श्यान्टु र मनिताले खेल्ने

By खबरहब

July 27, 2024

काठमाडौँ– पेरिस ओलम्पिका भव्य उद्घाटन गरिएको छ । फ्रान्सको राजधानी पेरिसमा गएराति हजारौँ खेलाडी, प्रशिक्षक, पर्यवेक्षक तथा दर्शकको उपस्थितिमा सेन नदीको किनारमा भव्य समारोह आयोजना गरी ओलम्पिकको उद्घाटन गरिएको हो।

ओस्टरलिज ब्रिजबाट सुरु भएको ६ किलोमिटर परेडमा २०६ देशका ६ हजार ८ सयभन्दा बढी खेलाडी र ८५ वटा डुङ्गामा शरणार्थी ओलम्पिक टोलीलाई लिएर गएको थियो ।

ओलम्पिकमा नेपाली खेलाडी पनि सहभागी छन् । उद्घाटनका क्रममा भएको परेडमा नेपालका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठले राष्ट्रिय झन्डा फर्फराएका थिए ।

उद्घाटन समारोहमा फ्रान्सेली जुडोका टेडी राइनर र स्प्रिन्टर मारी–जोस पेरेकले तातो हावाको बेलुन उडाएका थिए ।

झण्डै ४ घण्टा चलेको उद्घाटन समारोहमा अमेरिकी गायिका लेडी गागा र क्यानेडेली आइकन सेलिन डियोनले प्रस्तुति दिएका थिए ।

यसैबीच, पेरिक ओलम्पिकमा आज नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले आफ्नो खेल खेल्दैछन्। खेल नेपाली समयअनुसार साती साढे ७ बजे सुरु हुनेछ ।

पेरिस अ‍ोलम्पिकको समापन अगस्ट ११ मा हुनेछ।