समाचार

सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति कम्युनिष्टहरूमा देखियो : उपेन्द्र यादव

By खबरहब

July 27, 2024

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति कम्युनिष्ट नेताहरूमा देखिएको बताएका छन् ।

पुष्पलालको जन्मशताव्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यादवले कम्युनिष्ट पार्टीका नेताहरूमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति देखिएको बताएका हुन् ।

उनले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठानेर उनीहरूले राजावादी, कांग्रेस सबैसँग सहकार्य गरेको धारणा राखे । 

उनले सच्चा कम्युनिष्ट भन्नेहरुले भने अहिले पनि दुःख पाइरहेको जिकिर गरे । यादवले एउटा वर्ग समुदायले हालिमुहाली गरेर सत्ता आउने भएपनि समाजवाद आउन नसक्ने धारणा राखे । 

उनले मूलभूत मुद्दालाई केन्द्रीत गरेर अघि बढ्ने नेतृत्वको अभाव, अवसरवादको चरम सीमाले गर्दा समाजवादको यात्रा कठिन देखिएको बताए।