राजनीति

कांग्रेस–एमाले गठबन्धन सर्बसत्तावादको अभ्यास : महामन्त्री बर्तौला

By खबरहब

July 27, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्रा पाटीं (राप्रपा) नेपालका महामन्त्री राजाराम बर्तौलाले रातारात काङ्ग्रेस–एमाले बीच भएको गठबन्धन सर्बसत्तावादको अभ्यास भएको बताएका छन् ।

शनिबार पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले ब्रम्हलुटलाई निरन्तरता दिन र भ्रष्टाचारीलाई चोख्याउने बाहेक यो गठबन्धनले कुनै नयाँ आशाको सञ्चार गर्न नसक्ने दाबी गरे ।

स्थिरताको करा गर्नेहरुले नै अस्थिरता सिर्जना गरेको उनले आरोप लगाए । सरकार परिवर्तनमा लिप्त भएर गरिने आदर्शवादी कुराले स्थायित्व कायम हुन नसक्ने उनको तर्क छ । जनतामा देखिएको निराशा र आक्रोशलाई बुझेर आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए ।