आर्थिक

मेरो शेयर भनेको के हो ? यसले के काम गर्छ ?

By खबरहब

August 27, 2024

काठमाडौं– शेयर बजारमा शेयर कारोबार गर्न लगानीकर्ताको लागि मेरो शेयर एउटा महत्वपूर्ण अनलाइन प्लेटफर्म हो । मेरो शेयर लगानीकर्ताको डिजिटल खाता डिम्याटको विवरणलाई हेर्न, कतिपय शेयर खरिद गर्ने र बिक्रीपश्चात्‌ अद्यावधिक गर्ने अनलाइन माध्यम पनि हो ।

मेरो शेयर सुविधा डिम्याट खाताको सुविधा प्रदान गर्ने सञ्चालकहरूमार्फत् फारम भरेर लिने प्रक्रिया अगाडि बढाउन सकिन्छ । आफ्नो डिम्याटको विवरणका आधारमा फर्म भरिसकेपछि प्राप्त लिंकको सहायताले लगानीकर्ताले मोबाइल वा कम्प्युटरमा मेरो शेयरको लगइन गर्न सक्छन् ।

मेरो शेयरमा पहिलोपटक लगइन गर्ने तरिका

आफ्नो इमेलमा प्राप्त भएको लिंक सेलेक्ट गर्नुहोस् वा आफ्नो कम्प्युटरको इन्टरनेट ब्राउजर खोली उक्त ब्राउजरको एड्रेस बारमा मेरोशेयर डट सिडिएससी डटकम डट एनपीमा इन्टर गरेर जाने ।

त्यसपछि आफ्नो डिपी खाता रहेको निक्षेप सदस्य छान्ने, लगइन आइडी लेखिएको ठाउँमा आफ्नो बीओआइडीको अन्तिम आठ अङ्क मध्येको पहिलो भागमा रहेका शून्यहरूबाहेकको अङ्क टाइप गर्ने ।

पासवर्ड लेखिएको ठाउँमा इमेलमा प्राप्त भएको पासवर्ड टाइप गर्ने र लगइन गर्ने । मेरो शेयरमा पहिलोपटक लगइन गरिसकेपछि भने पासवर्ड परिवर्तन गर्नुपर्छ ।

डिम्याट खाता प्रदान गर्ने संस्था, आफ्नो सीआरएन नम्बर र पासवर्डको सहायताले मेरो शेयर खोलिसकेपछि सो प्लेटफर्ममार्फत् डिम्याटमा भएको आफ्नो शेयरको विवरण, आफूले कारोबार गरेको गरेको विवरण र आफ्नो शेयरको पोर्टफोलियोको अवस्था हेर्न सकिन्छ ।

साथै सो प्लेटफर्ममा दिइएको आस्वा सुविधाबाट हाल खुलेका आइपीओ तथा हकप्रद शेयरमा आवेदन गर्न पनि सकिन्छ । यस्तै, दोस्रो बजारबाट शेयर खरिद–बिक्री गरिसकेपछि त्यसलाई मेरो शेयरले नै उपलब्ध गराएको ‘माई पर्चेज सोर्स र माई इआइडीएस’ बाट बिक्री गरेको शेयरलाई ट्रान्सफर गर्न सकिन्छ ।

मेरो शेयरमार्फत् सार्वजनिक शेयर निष्काशनका लागि निवेदन दिने तरिका

धितोपत्रको सार्वजनिक निष्काशन हुँदा ग्राहकले आफ्नो बैंक खातामा रहेको रकम रोक्का राखी धितोपत्र खरिद निवेदन दिनका लागि मेरो शेयर माइआस्वा पोर्टल तयार गरिएको छ । माइआस्वा मार्फत् धितोपत्रको खरिद निवेदन दिनका लागि ग्राहकले निम्न अनुसारको प्रक्रिया अपनाउनुपर्छः

क) माइआस्वा मार्फत् निवेदन दिनका लागि ग्राहकले सर्वप्रथम आफ्नो बैंक खाता रहेको बैंकमा स्वयम्‌ उपस्थित भइ सी–आस्वा रजिष्ट्रेशन नम्बर (सीआरएन) नम्बर लिनुपर्छ ।

ख) बैंकबाट सीआरएन नम्बर प्राप्त भइसकेपछि मात्र ग्राहकको मेरो शेयर सफ्टवेयरमा रहेको माई आस्वा पोर्टल सञ्चालन योग्य हुन्छ ।

ग) कुनै कम्पनीको धितोपत्रको सार्वजनिक बिक्री खुल्ला हुँदा उक्त कम्पनीको निष्काशन सम्बन्धी जानकारी माई आस्वा पोर्टल भित्र रहेको करेन्ट इस्यु मेनुमा प्राप्त गर्न सकिन्छ ।

घ) बिक्री खुल्ला रहेको धितोपत्र खरिदका लागि मेरो शेयर मार्फत् निवेदन दिनका लागि माई आस्वा भित्रको करेन्ट मेन्यु छनौट गरी कम्पनीको नामसँगै रहेको एप्लाई बटन थिच्नुपर्छ ।

ङ) खरिद निवेदन प्रविष्ट गर्नुपूर्व सार्वजनिक शेयरको बारेमा विस्तृत अध्ययन गर्नुपर्छ ।

च) खरिद निवेदन प्रविष्ट गर्दा आफूले खरिद गर्न चाहेको कित्तामा एप्लाइड क्वान्टीटीमा प्रविष्ट गर्ने र आफूले सीआरएन लिएको बैंकहरूमध्ये कुन बैंकमार्फत् निवेदन दिने हो उक्त बैंक छनौट गरी उक्त बैंकले प्रदान गरेको सीआरएन नम्बर प्रविष्ट गर्ने । यसरी आवेदनको काम पूरा गर्न सकिन्छ ।

त्यसपछि आफूले गरेको आवेदन सम्बन्धित कम्पनीले शेयर बाँडफाँड गरिसकेपछि चेक एप्लीकेसन रिपपोर्ट बटनमा गएर हेर्न सकिन्छ ।

मेरो शेयरबाट प्राप्त गर्न सकिने सेवाहरूः

यो पनि-

डि–म्याट खाता भनेको के हो ?

प्राथमिक र द्वितीय शेयर बजार भनेको के हो ?

शेयर बजार भनेको के हो ?

शेयर के हो ? थाहा पाउनोस्