राजनीति

मुकुल ढकाल रास्वपाको साधारण सदस्यबाट पनि निष्काशित

By खबरहब

August 27, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि निष्काशित गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको हो ।

गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाउँदै साधारण सदस्यबाट समेत हटाएको हो ।

गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।