जयन्ती राई र रामकुमारी झाँक्री।

राजनीति

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी र जयन्ती भिड्दै

By खबरहब

August 27, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती देवी राई भिड्दै छन् ।

उनीहरू महिला उपाध्यक्ष पदमा भिड्न लागेका हुन् । रामकुमारीलाई युवा र सम्मानित नेता झलनाथ समूहको साथ मिलेको छ ।

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनाउने अभियानमा नेतृत्वदायी भूमिका खेले पनि रामकुमारी र समाजवादीका अध्यक्ष माधव नेपालबीच सम्बन्ध राम्रो छैन ।

उनी पार्टीमा आफूलाई दिइएको भूमिकालाई लिएर लामो समयदेखि असन्तुष्ट छिन् । यस्तोमा रामकुमारीलाई सम्मानित नेता खनाल  र महासचिव घनश्याम भुसालसहितको साथ छ ।

यता जयन्तीलाई माधव नेपाल समूह र पुराना नेताहरूले साथ दिएका छन् । जयन्ती यसअगाडि पनि महिला उपाध्यक्ष थिइन्,  झाँक्री सचिव थिइन् ।

उनी नेतृत्व हस्तान्तरण भएको भए महासचिवको तयारीमा थिइन् । तर अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल नै दोहोरिएपछि उनको त्यो योजना पूरा हुन पाएन।

जयन्ती अहिले राष्ट्रिय सभाकी सदस्य छिन् भने रामकुमारी गुल्मीमा भएको निर्वाचनमा एमालेका गोकर्ण विस्टसँग पराजित भएकी थिइन् ।