तस्बिर : एजेन्सि

अन्तर्राष्ट्रिय

मोदी र पुटिनबीच कुराकानी

By खबरहब

August 27, 2024

काठमाडौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । दुवै नेताले रुस र युक्रेनबीच जारी युद्धका बारेमा कुराकानी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मोदीले पुटिनसँग कुराकानी गरेको जानकारी दिँदै लेखेका छन्- ‘राष्ट्रपति पुटिनसँग आज कुराकानी भयो । हामीले रूससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई सुदृढ गर्ने उपायहरूबारे छलफल गर्‍यौँ । हामी दुवैले रुस-युक्रेन द्वन्द्वमा हाम्रो विचार आदानप्रदान गर्‍यौँ र युक्रेनको भ्रमण पछि हाम्रो अन्तर्दृष्टिको बारेमा छलफल गर्‍यौँ । हामीले राष्ट्रपति पुटिनलाई भन्यौँ कि भारत यो द्वन्द्व अन्त्य गर्नको लागि चाँडो, दिगो र शान्तिपूर्ण समाधान खोज्न पूर्ण रूपमा प्रतिबद्ध छ ।’

प्रधानमन्त्री मोदीले सोमबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि फोनमा कुरा गरेका थिए । मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँग युक्रेनको वर्तमान अवस्थाको विषयमा कुरा गरेको बताएका थिए । हालै मात्र मोदीले युक्रेनको भ्रमण गरेका थिए ।