खेलकुद

एन्फा महिला लिग : एपीएफसँग बागमती क्लब फराकिलो अन्तरले पराजित

By खबरहब

September 27, 2024

काठमाडौं– एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सुपर लिगमा प्रवेश गरिसकेको एपिएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

एपिएफको जितमा रश्मीकुमारी घिसिङले खेलको ३५, ५७, ८२ र ८८ औं मिनेटमा गोल गरिन् । त्यस्तै अनिता बस्नेतले ४१ र सविता थापा मगरले इन्जुरी समयमा गोल गरिन् भने एक गोल आत्माघातीबाट प्राप्त गरेको थियो ।

जितसँगै ९ खेलमा २५ अंक जोडेको एपिएफ शीर्ष स्थानमा छ । पराजित बागमती समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।