समाचार

तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

By खबरहब

October 27, 2024

बागमती– ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सीसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।