आर्थिक

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

By खबरहब

October 27, 2024

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ । योसँगै नेप्से २६२९.८३ अंकको विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ५२ लाख ३५ हजार ९३१ रुपैयाँ बराबरको ७ हजार २४४ कित्ता शेयर किनबेच भएको छ ।

सो सयमा २४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य स्थिर हरेको छ ।

सेसनभर ४५ वटा कम्पनी कारोबारमा आउँदा ८७ पटक शेयर किनबेच भएको छ ।